इन्धन महँगिएसँगै आजैदेखि बढ्यो आन्तरिक उडानको भाडा
kalakarmi.com · Tue Aug 04 12:48:22 GMT 2026

काठमाडौं- आन्तरिक हवाई यात्रा गर्ने यात्रुले अब थप रकम तिर्नुपर्ने भएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि हवाई भाडामा लागू हुने फ्यूल सरचार्ज संशोधन गर्दै आज (१७ साउन)देखि नयाँ भाडादर लागू गरेको हो ।
नयाँ व्यवस्थाअनुसार अधिकांश आन्तरिक गन्तव्यको टिकट महँगिएको छ । केही रुटमा भाडा दुई सय रुपैयाँभन्दा कम बढेको छ भने केहीमा एक हजार रुपैयाँभन्दा बढीले वृद्धि भएको छ ।
Read full story at source (kalakarmi.com)