नेपालको रिटेल पेमेन्ट स्विचमा मासिक १२ खर्बभन्दा बढी कारोबार
baahrakhari.com · Tue Aug 04 12:47:01 GMT 2026

काठमाडौं । नेसनल पेमेन्ट स्विचअन्तर्गत सञ्चालनमा रहेको रिटेल पेमेन्ट स्विच (आरपीएस)ले असार महिनामा मात्र १२ खर्बभन्दा बढीको कारोबार गरेको छ । कम्पनीका अनुसार, १२ खर्ब बढीको कारोबार फर्छ्यौट गर्दै नेपालको डिजिटल पेमेन्ट इकोसिस्टममा नयाँ उपलब्धि हासिल गरेको छ ।
देशभर डिजिटल भुक्तानी तीव्र गतिमा वृद्धि भइरहेको हालको परिपेक्षमा यसले नेपाललाई रियल टाइम पेमेन्टको क्षेत्रमा उदाउँदै गरेको अर्थतन्त्रमध्ये एकको रूपमा स्थापित पनि गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा आरपीए मार्फत ९३ खर्ब बराबरका रियल–टाइम कारोबार फर्छ्यौट भएको छ ।
Read full story at source (baahrakhari.com)