लिस्बनस्थित नेपाली दूतावासबाट राहदानीको अनलाइन आवेदन पुनः खुला
news24nepal.tv · Tue Aug 04 12:59:23 GMT 2026

लिस्बन (पाेर्चुगल) । लिस्बनस्थित नेपाली राजदूतावासले केही समयदेखि बन्द रहेको राहदानीको अनलाइन आवेदन प्रणाली पुनः सञ्चालनमा ल्याएको छ। नयाँ राहदानी प्रणालीमा परिवर्तन गर्ने प्रयोजनका लागि बन्द गरिएको आवेदन प्रणालीको स्थापना कार्य सम्पन्न भएसँगै राहदानी आवेदन प्रक्रिया पुनः सुरु गरिएको दूतावासले जनाएको हो।
दूतावासले राहदानी नवीकरण गर्नुपर्ने इच्छुक नेपाली नागरिकलाई अनलाइनमार्फत आवेदन फाराम भर्न अनुरोध गरेको छ। राहदानीको म्याद सकिन एक वर्ष बाँकी रहेका आवेदकले अनलाइन फाराम भरी त्यसको प्रिन्टआउट, सक्कल राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र तथा प्रतिलिपिसहित तोकिएको समय र मितिमा बायोमेट्रिक्सका लागि दूतावासको कार्यालयमा उपस्थित हुनुपर्नेछ।
Read full story at source (news24nepal.tv)