निर्मल पुर्जासँगै हिमपहिरोमा बगेका पाँच शेर्पा को थिए ? (भिडियोसहित)
shilapatra.com · Tue Aug 04 13:03:00 GMT 2026
१४ साउनको बिहान पाकिस्तानको ब्रोड पिकमा आएको एउटा भीषण हिमपहिरोले विश्व पर्वतारोहण जगत्लाई स्तब्ध बनायो । त्यो दिन विश्वचर्चित पर्वतारोही निर्मल पुर्जा 'निम्स दाइ' सँगै नेपालका अरु पाँच 'माउन्टेन हिरो'हरू सधैँका लागि हिमालमै बिलाए । उनीहरूका नाम तपाईंमध्ये धेरैले नसुन्नुभएको हुन सक्छ, तर विश्वका सर्वोच्च हिमालहरूमा अरुको सपना पूरा गराउने ती वास्तविक नायकहरू थिए ।
ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो । पाकिस्तानको उत्तरपूर्वी भागमा, चीनको सीमानजिकै काराकोरम हिमशृङ्खलामा पर्ने ब्रोड पिक ८ हजार ५१ मिटर अग्लो छ । यो विश्वकै दोस्रो अग्लो केटु हिमालबाट करिब ८ किलोमिटर मात्र टाढा पर्छ ।
Read full story at source (shilapatra.com)