महाकाली तटीय क्षेत्रमा नागरिकलाई सतर्कता अपनाउन आग्रह
gorkhapatraonline.com · Fri Sep 04 17:34:26 GMT 2026

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीको तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ ।
दार्चुलाको अपिहिमाल गाउँपालिका –१ भट्टारस्थित चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको छ । हाल पहिरो आउनेक्रम जारी रहेकाले पूरै थुनिन सक्ने सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन अनुरोध गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)