यूके र क्रोसिया पठाइदिने भन्दै साढे १५ लाख ठगी गर्ने दुईजना पक्राउ
kendrabindu.com · Tue Aug 04 13:16:21 GMT 2026
काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक आम्दानीको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका–३१, शंखमूलबाट धनुषाको जनकनन्दिनी गाउँपालिका–२ स्थायी घर भई हाल शंखमूल बस्दै आएका २६ वर्षीय रिगबान शेषलाई पक्राउ गरेको हो। उनीमाथि एक जनालाई बेलायत (यूके) पठाइदिने आश्वासन दिएर ७ लाख रुपैयाँ ठगी गरेको आरोप छ।
Read full story at source (kendrabindu.com)