निगमले भन्यो- ग्यास अभाव छैन, आवश्यकताअनुसार मात्र खरिद गर्नू
nepalnews.com · Tue Aug 04 13:22:23 GMT 2026

काठमाडौँ। नेपाल आयल निगमले बजारमा खाना पकाउने (एलपी) ग्यास अभाव नभएको दोहोर्याएको छ। निगमले आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न पनि उपभोक्तालाई आग्रह गरेको छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरद्वारा मंगलबार जारी विज्ञप्तिमा दैनिक मागअनुसार एलपी ग्यास आपूर्ति भइरहेको उल्लेख छ। विभिन्न सञ्चारमाध्यममा ग्यास अभाव भएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै निगमले आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पारेको हो।
Read full story at source (nepalnews.com)