प्राथमिक बजार सुधारका लागि धितोपत्र बोर्डद्वारा ७ सदस्यीय कार्यदल गठन
clickmandu.com · Tue Aug 04 13:24:41 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक सेयर बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्ता मैत्री बनाउने उद्देश्यले ‘प्राथमिक बजार सुधार सहजीकरण कार्यदल’ गठन गरेको छ । बोर्डले आर्थिक वर्ष २०८३/८४ को पुँजीबजार नीति अन्तर्गत रहेको नियामकीय सुधार एजेन्डालाई कार्यान्वयन गर्न यो कदम चालेको हो ।
बोर्डका नियमन विभागका कार्यकारी निर्देशक विनय देव आचार्यको संयोजकत्वमा गठित कार्यदलमा ७ सदस्य । जसअनुसार नेपाल धितोपत्र बोर्डका ३ जना कर्मचारी, नेपाल स्टक एक्सचेञ्जका १ जना प्रतिनिधि, मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका संयोजक छन् ।
Read full story at source (clickmandu.com)