इतर समूहको राष्ट्रिय भेलाको औचित्यबारे शशांक कोइरालाले के भने ?
baahrakhari.com · Tue Aug 04 13:21:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले गठन गरेको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले एक वक्तव्य जारी गर्दै भेलाको औचित्यबारे प्रष्ट्याएका छन् ।
राष्ट्रिय भेला नेपाली कांग्रेसको एकता, लोकतान्त्रिक संस्कार, संस्थागत सुदृढीकरण र जनविश्वासको पुनर्निर्माण गर्ने साझा अभियान रहेको उनको भनाइ छ । “पार्टीभित्र एकता, संवाद, विश्वास र सहमतिको वातावरण निर्माण गर्दै संगठनलाई नयाँ ऊर्जा प्रदान गर्न भेला आयोजना गरिएको हो,” उनले भनेका छन्, “गुटगत ध्रुवीकरण, व्यक्तिकेन्द्रित राजनीति र विभाजनकारी प्रवृत्तिलाई निरुत्साहित गर्दै कांग्रेसलाई थप कमजोर हुनबाट जोगाउन भेला आयोजना गर्न लागिएको हो ।”
Read full story at source (baahrakhari.com)