सरकार र पार्टीमा को शक्तिशाली ? [भिडियोसहित]
kendrabindu.com · Tue Aug 04 13:25:17 GMT 2026

काठमाडाैं । नेपालको संसदीय राजनीतिमा लामो समयदेखि एउटा प्रश्न उठ्दै आएको छ- सरकार ठूलो कि पार्टी ? संविधानले कार्यपालिका सञ्चालन गर्ने जिम्मेवारी सरकारलाई दिएको भए पनि सरकार गठनको आधार राजनीतिक दल नै हुन्। त्यसैले संसदीय लोकतन्त्रमा सरकार र पार्टीबीच प्रतिस्पर्धाको होइन, परस्पर सहकार्य, समन्वय र विश्वासको सम्बन्ध हुनुपर्छ । तर, नेपालको राजनीतिक अभ्यासले बारम्बार देखाएको छ, जब सरकार र पार्टीबीचको शक्ति सन्तुलन खल्बलिन्छ, संवाद कमजोर बन्छ र निर्णय प्रक्रिया सीमित व्यक्तिमा केन्द्रित हुन्छ, तब बलियो जनादेश प्राप्त सरकारसमेत अस्थिरता र विवादको चक्रमा फस्ने गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र विभिन्न समयमा देखिएका आन्तरिक विवाद, संगठन र नेतृत्वबीचको सम्बन्ध तथा निर्णय प्रक्रियाबारे उठेका प्रश्नहरूले फेरि यही बहसलाई सतहमा ल्याएको छ । मूल प्रश्न एउटै छ- सरकार पार्टीप्रति उत्तरदायी रहने कि पार्टी सरकारको निर्णय अनुमोदन गर्ने औपचारिक संरचनामा सीमित हुने ? प्रश्नको सिधा र सरल उत्तर छैन ।
Read full story at source (kendrabindu.com)