प्रधानमन्त्रीलाई रास्वपा सांसदले भने– सुकुम्वासीलाई लालपुर्जा वितरण सीडीओमार्फत गरौँ
baahrakhari.com · Tue Aug 04 13:25:57 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । साउन लागेपछि संसद् स्थगित गरेर लामो बिदामा आफ्नो निर्वाचन क्षेत्र गएका सांसदलाई जनताले कस्ता गुनासो गरे भनेर बुझ्न प्रधानमन्त्री शाहले डाकेका थिए ।
मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदूरपश्चिमबाट प्रत्यक्ष तर्फबाट निर्वाचित १० सांसदलाई डाकेर छलफल गरेका हुन् । प्रधानमन्त्री शाहले सुरुहातमै आआफ्नो क्षेत्रका जनताको गुनासो के छन् भनेर ब्रिफिङका लागि आग्रह गरेको भेटमा सहभागी कञ्चनपुर–३ का सांसद ज्ञानेन्द्रसिंह महताले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)