इप्पान निर्वाचन: कोषाध्यक्ष पदको मतगणना सुरु
ratopati.com · Fri Jun 12 18:24:11 GMT 2026

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भई अहिले कोषाध्यक्ष पदको मतगणना सुरु भएको छ । शुक्रबार राति भएको मतदानमा कुल ३६३ मत खसेको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्ष पदका लागि शंकर बस्याल र मिथुन पौडेल चुनावी मैदानमा रहेका छन् ।
यस पटकको निर्वाचनमा इप्पानका अन्य अधिकांश पदाधिकारी पदहरूमा सर्वसम्मत नेतृत्व चयन भए पनि कोषाध्यक्ष पदमा सहमति नजुट्दा मतदान प्रक्रिया अपनाइएको हो ।
Read full story at source (ratopati.com)