शेयर बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन
corporatenepal.com · Tue Aug 04 13:21:24 GMT 2026

काठमार्डौं । आर्थिक वर्ष २०८३।८४ को बजेट बक्तव्य तथा धितोपत्र बोर्डको आर्थिक वर्ष २०८३।८४ को पूँजी बजार नीतिमा उल्लेख भएका विषयहरुलाईै क्रमशः कार्यान्वयन गर्दै लाने क्रममा धितोपत्रको दोश्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन भएको छ ।
मार्जिन लेण्डिङ्ग, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो, शर्ट सेलिङ्ग लगायत धितोपत्रको दोश्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न बोर्डको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा एक समिति गठन गरिएको हो ।
Read full story at source (corporatenepal.com)