अझै निकाल्न सकिएको छैन निर्मल पुर्जाको शव
nepalnews.com · Tue Aug 04 13:42:02 GMT 2026

पाकिस्तानको ८,०५१ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको शव घटनास्थलबाट अझै निकाल्न सकिएको छैन। सेभेन समिट ट्रेक्सका निर्देशक छाङदावा शेर्पाका अनुसार मंगलबार (१९ साउन) दिउँसोसम्म निर्मलको शव निकाल्न सकिएको छैन। शव फेला परे अप्ठ्यारो भूगोल, प्रतिकूल मौसम र पटक पटकको हिमपहिरोका कारण उद्धार टोली त्यहाँ पुग्न सकेको छैन।
“खराब मौसमका कारण हेलिकोप्टर घटनास्थल पुग्न सकेको छैन। मौसम केही अनुकूल हुँदा पनि शव अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न सकिएन,” उनी भन्छन्, “अनुभवी उद्धारकर्मी खटिएकाले चाँडै निकाल्न सकिन्छ भन्ने आशा छ।”
Read full story at source (nepalnews.com)