राजु पाण्डेलाई प्रधानमन्त्री कार्यालयले गरायो सचेत
kendrabindu.com · Tue Aug 04 14:06:17 GMT 2026

काठमाडौं । गोकर्णेश्वरस्थित नेपाल ट्रस्टको जग्गामा सडक विस्तारका क्रममा नेपाली सेनाका अधिकारीसँग उत्पन्न विवादका विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गर्दै रास्वपाका सांसद राजुनाथ पाण्डेलाई सचेत गराएको छ।
गोकर्ण वन क्षेत्र नजिकै रहेको पर्खाल हटाउन डोजरसहित पुगेका सांसद पाण्डे र नेपाली सेनाका कप्तान अनुपमान श्रेष्ठबीच भएको बाझाबाझप्रति प्रधानमन्त्री बालेन्द्र शाह असन्तुष्ट बनेपछि सचिवालयले उनलाई बोलाएर सचेत गराएको हो। मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका पाण्डेलाई सचिवालयका सदस्यहरूले प्रधानमन्त्री वा सरकारको नाम जोडेर कुनै पनि स्थानमा विवाद वा असहज परिस्थिति सिर्जना नगर्न कडा निर्देशन दिएका छन्।
Read full story at source (kendrabindu.com)