आयामबाट गाडी खरिद, व्यवसायी झन् पीडित
janaaastha.com

अटो व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएशनका पूर्वअध्यक्ष ध्रुवबहादुर थापाले कमसल गाडी बेचेर धेरै व्यवसायीलाई डुबाएको आरोप छ । आफूलाई फोर्स गाडीको आधिकारिक बिक्रेता दावी गर्ने उनको कम्पनीले बेचेको गाडी एकाध वर्ष पनि नचल्दा धेरै व्यवसायीलाई ठूलो घाटा लागेको छ । बिग्रिएको गाडी बेचेर क्षतिपूर्ति पनि नदिएपछि एक व्यवसायी अदालत पुगेका छन् । थापाको आयाम इन्टिकन्टरनेन्टल प्रालिबाट वि.सं. २०७२ सालमा दिक्तेल रूपाकोट हलेसी दर्शन यातायात प्रालिका तत्कालीन अध्यक्ष महेश तामाङ्गले ९ सिटे ‘गामा’ जीप खरिद गरेका थिए ।
Read full story at source (janaaastha.com)