मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
barnanmedia.com · Tue Aug 04 14:11:27 GMT 2026

काठमाडौँ, १९ साउनःcc मानव सेवा आश्रमलाई बालगृहमा संरक्षणमा रहेका बालबालिकाको पहिचान खुल्ने गरी तस्बिर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा प्रकाशन नगर्न तथा यसअघि सार्वजनिक गरिएका त्यस्ता सबै सामग्री तत्काल हटाउन निर्देशन दिएको छ ।
परिषद्ले आश्रमलाई आज पठाएको पत्रमा बालगृहमा संरक्षणमा रहेका बालबालिकाको तस्बिर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विषयप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । साथै बालबालिकाको गोपनीयता, सुरक्षा र सर्वोत्तम हितको संरक्षण सुनिश्चित गर्न उक्त निर्देशन जारी गरिएको छ ।
Read full story at source (barnanmedia.com)