चेल्सी लिग कपको तेस्रो चरणमा
nepallive.com · Fri Aug 28 01:48:27 GMT 2026
काठमाडौं– चेल्सीले तेस्रो डिभिजनको क्लब लुटन टाउनलाई २–० ले पराजित गर्दै लिग कपको तेस्रो चरणमा स्थान सुरक्षित गरेको छ।
अब उसले अर्को चरणमा लिड्स युनाइटेडको सामना गर्नेछ। बिहीबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका नयाँ खेलाडी ड्यानी वेलबेकले डेब्यु खेलमै गोल गर्दै टोलीको जितमा महत्त्वपूर्ण भूमिका खेले।
Read full story at source (nepallive.com)