हिमनदीको ठुलो हिस्सा खसेपछि विनाशकारी बाढी आएको अन्तर्राष्ट्रिय विज्ञहरु भनाई
kendrabindu.com · Fri Aug 28 01:46:55 GMT 2026

काठमाडौं । नेपाल-तिब्बत सीमाक्षेत्रमा बुधबार आएको विनाशकारी बाढी वा भूकम्पका कारण नभई उच्च हिमाली क्षेत्रमा विशाल हिमनदीको ठुलो हिस्सा खसेपछि उत्पन्न भएको हुन सक्ने विज्ञहरूले बताएका छन्। प्रारम्भिक अध्ययनअनुसार बरफ, चट्टान, माटो र पानीको तीव्र बहाबले तल्लो क्षेत्रमा ठुलो क्षति भएको हो।
न्युजिल्यान्डको जीएनएस साइन्सका प्रमुख वैज्ञानिक साइमन कोक्सका अनुसार करिब ५ हजार २०० मिटर उचाइबाट हिमनदीको ठुलो भाग उपत्यकातर्फ खसेको देखिन्छ। खस्ने क्रममा बरफ चट्टान र माटो तथा गेग्रानसँग मिसिएर विशाल भग्नावशेषमा परिणत भएको तथा त्यसले रुख, माटो र अन्य वस्तुसमेत बगाउँदै तीव्र गतिमा तलतिर यात्रा गरेको उनको भनाइ छ।
Read full story at source (kendrabindu.com)