भोटेकोशी बाढीमा मधेसका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि मधेस प्रदेशबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा तथ्याङ्क सङ्कलनका लागि प्रदेश प्रहरी कार्यालयले विवरण सङ्कलन कार्य तीव्र बनाएको छ। प्रदेशका विभिन्न जिल्लाहरूबाट ठूलो सङ्ख्यामा नागरिकहरू सम्पर्कविहीन भएको सूचना आउन थालेपछि जिल्लास्थित प्रहरी कार्यालयहरूले बाढीपीडित तथा बेपत्ताहरूको आधिकारिक विवरण सङ्कलन थालेका हुन्।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले दिएको जानकारीअनुसार हालसम्म मधेस प्रदेशका विभिन्न जिल्लाबाट जम्मा ५८ जना नागरिकहरू सम्पर्कविहीन भएको विवरण प्राप्त भइसकेको छ। कार्यालयलाई प्राप्त पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा बढी सप्तरीका ३२ जना नागरिक सम्पर्कविहीन छन्।
Read full story at source (hamrakura.com)