इच्छाराज तामाङसहित १७ जनालाई ठगीमा दोषी ठहर, संगठित अपराधमा सफाइ
barnanmedia.com · Fri Aug 28 01:45:28 GMT 2026

काठमाडौं — सिभिल सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १७ जनालाई ठगी कसुरमा दोषी ठहर गरेको छ। अदालतले उनीहरूलाई संगठित अपराधको कसुरबाट भने सफाइ दिएको छ।
न्यायाधीश कृतबहादुर बोहराको इजलासले तामाङसहित उनकी श्रीमती सिर्जना शाक्य (तामाङ), दुर्गा प्रसाद संग्रौला, जयेन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविण प्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हरिहर प्रसाद लामिछाने, मुकुन्द प्रसाद नेउपाने, दानहिरा तुलाधर (कंसाकार), नगेन्द्र विमली, रामराज मास्के, हरि प्रसाद रिसाल, लालकाजी गुरुङ र मिना गुरुङलाई ठगी कसुरमा दोषी ठहर गरेको हो।
Read full story at source (barnanmedia.com)