कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश
shilapatra.com · Sat Jul 04 04:41:00 GMT 2026
कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी खेल मैदानमा आज भएको खेलमा घानालाई १–० गोलले पराजित गर्दै कोलम्बिया अन्तिम १६ मा स्थान बनाएको हो ।
कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे । उनले खेलको १४औँ मिनेटमा लुइस स्वारेजको पासमा गरेको एक गोल नै कोलम्बियाका लागि निर्णायक सावित भयो । अब कोलम्बियाले क्वाटरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग खेल्नेछ ।
Read full story at source (shilapatra.com)