बाढी प्रभावितलाई ग्लोबल आइएमई बैंकले ५ करोड रुपैयाँ दिने
himalpress.com · Thu Aug 27 07:25:02 GMT 2026

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रहरूमा व्यापक कटान र डुबान निम्त्याई ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्याएको छ। नदीको तीव्र बहावले सयौँ नागरिकको अकालमै ज्यान गएको, कैयौँ बेपत्ता भएको तथा सयौँ परिवार घरबारविहीन भई विस्थापित हुनुपरेको छ। साथै, नदीले स्थानीय बस्ती, पुल, सडक सञ्जाल तथा जलविद्युत् आयोजनाहरू बगाएर अभूतपूर्व विनाश निम्त्याएको छ।
Read full story at source (himalpress.com)