समयमा वर्षात् नहुँदा कर्णालीमा धान रोपाइँ सुस्त, २८ प्रतिशत मात्रै सम्पन्न
nepalpress.com · Sat Jul 04 04:48:36 GMT 2026

सुर्खेत । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर मनाइए पनि कर्णाली प्रदेशमा पर्याप्त वर्षा नहुँदा रोपाइँ अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको २८ दशमलव १५ प्रतिशत अर्थात् ४३ हजार २ सय ९० हेक्टरमध्ये १२ हजार १ सय ५५ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको छ।
माथिल्लो कर्णालीमा चिसो सहने मार्सी धानको रोपाइँ लगभग सकिएको भए पनि तल्लो जिल्लामा भने मनसुनी वर्षा ढिलो सुरु भएकाले रोपाइँ भर्खरै गति लिन थालेको हो ।
Read full story at source (nepalpress.com)