मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल
nepalnews.com · Sat Jul 04 05:02:23 GMT 2026

बागलुङ। मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै बागलुङका धार्मिक तथा पर्यटकीय गन्तव्यमा पनि चहलपहल बढेको छ। मुक्तिनाथबाट फर्किने पर्यटकले बागलुङ कालिका मन्दिर, शालीग्राम सङ्ग्रहालय, पञ्चकोटलगायतका स्थल भ्रमण गर्न थालेका छन्।
कालीगण्डकी करिडोरमार्फत भैरहवाबाट मुक्तिनाथ पुग्ने सडक सञ्चालनमा आएपछि तथा पोखरा आएका पर्यटक बागलुङतर्फ पनि आकर्षित हुन थालेपछि यहाँका होटलमा भारतीय पर्यटकको उपस्थितिसमेत उल्लेख्य रूपमा बढेको छ।
Read full story at source (nepalnews.com)