शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
ratopati.com · Sat Jul 04 05:00:30 GMT 2026

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर शिक्षा योजना (२०८३-२०९३) को मस्यौदामाथि सरोकार भएका निकायबाट राय, सुझाव सङ्कलनका लागि छलफल सुरु गरेको छ ।
नगरपालिकाले शिक्षा क्षेत्रको दीर्घकालीन विकास, गुणस्तर सुधार तथा समयानुकूल शैक्षिक प्रणाली विकास गर्ने उद्देश्यले तयार गरेको मस्यौदामाथि सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, नगर कार्यपालिका, नगर शिक्षा समिति, शिक्षक, अभिभावक तथा शिक्षाविद्हरूसँग छलफल अघि बढाएको हो ।
Read full story at source (ratopati.com)