अख्तियारले भ्रष्टाचार मुद्दा लगाएपछि ठाकुरको सम्पत्ति शुद्धिकरणको माग
annapurnapost.com · Sat Jul 04 04:57:47 GMT 2026

रौतहट : रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसहित अन्य ३ जनाविरुद्ध विद्यालय भवन निर्माणमा भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर भएको छ । भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको सम्पत्ति, कार्यशैली र विगतका गतिविधिमाथि समेत स्थानीय स्तरमा व्यापक चर्चा सुरु भएको छ ।
तत्कालीन पिपरा पोखरिया गाविसमा २०५५ सालमा प्राविधिक सहायक पदबाट सरकारी सेवामा प्रवेश गरेका ठाकुर त्यसपछि जिल्ला विकास समिति रौतहटमा सरुवा भई प्रशासनिक जिम्मेवारीमा पुगेका थिए । जिल्ला विकास समितिको प्रशासन शाखाको नेतृत्व सम्हाल्ने क्रममा कर्मचारी भर्ना, सरुवा र बढुवालगायतका प्रशासनिक काममा आर्थिक चलखेल हुने गरेको आरोप उनीमाथि वर्षौंदेखि लाग्दै आएको स्थानीयहरूको दाबी छ । यद्यपि ती आरोपहरू अदालतबाट प्रमाणित भएका सार्वजनिक अभिलेख उपलब्ध छैनन् ।
Read full story at source (annapurnapost.com)