स्थानीय लगानीकर्ताको सहभागिता बढेपछि रुसको सेयर बजार एक वर्षयताकै उच्च विन्दुमा
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : रुसको सेयर बजार एक वर्षयताकै उच्च विन्दुमा पुगेको छ । रुसका स्थानीय खुद्रा लगानीकर्ताहरुले युक्रेन आक्रमणपछि ठूलो मात्रा गिरावट भोगेका ‘डेभिडेन्ड स्टक’ हरु खरिद गरेपछि १२ महिनायताकै उच्च विन्दुमा पुगेको हो । पश्चिमा राष्ट्रहरुको आर्थिक प्रतिबन्धपछि रुसी लगानीकर्ताहरु अन्य बजारमा लगानी गर्न वञ्चित भएका छन् । जसका कारण स्थानीय बजारमा खुद्रा लगानीकर्ताको संख्या पनि बढेको छ ।
अमेरिकी डलरका आधारमा हेर्दा गत अक्टोबरको न्यून विन्दुबाट रुसको ‘एमओइएक्स’ सूचक १०% भन्दा बढीले वृद्धि भएर सन् २०२२ अप्रिल महिनायताकै उच्च विन्दुमा पुगेको फाइनान्सियल टाइम्सले जनाएको छ । रुसको वित्तीय प्रणालीलाई ध्वस्त बनाउन पश्चिमा राष्ट्रहरुले प्रतिबन्ध लगाएपनि विगत ७ महिनामा रुसको सेयर बजारमा उल्लेख्य सुधार आएको छ । प्रतिबन्धसँग लड्न रुसले अधिकांश विदेशी व्यापारीहरुलाई लगानी बाहिर लैजान रोक लगायो भने र रुसी नागरिकहरुले विदेशी बैंक खाताहरूमा जम्मा गर्न सक्ने रकममा पनि सीमा लगाएको छ ।
विदेशमा लगानीका अवसरहरुबाट वञ्चित रुसीहरुले आफ्नो बचत लुकोइल, ग्याजप्रोम र सबरबैंकलगायत सरकारी कम्पनीहरुमा लगानी गरेका छन् । यी ३ कम्पनीले रुसको सेयर बजारको कुल भ्याल्यूको करिब ४०% हिस्सा ओगटेका छन् । गत जुनमा ग्याजप्रोमले सन् १९९८ यता पहिलो पटक लाभांश रद्द गरेपछि ‘एमओइएक्स’ सूचकमा भारी गिरावट आएको छ । यद्दपि, त्यसको ३ महिनापछि नै ग्याजप्रोमले रुसी कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो लाभांश अनुमोदन गरेको थियो ।
Read full story at source (nepalipaisa.com)