सरकार, दल र भाइरसको भर नपरौँ : आफ्नो सुरक्षा आफैँ गरौँ
Ujyaaloonline.com · Wed May 12 12:03:12 GMT 2021
काठमाण्डाै – महिना दिन अघिसम्म नेपालीलाई लागेको थियो, कोरोनाकाल सकियो । तर वर्ष दिन नपुग्दै अर्को डरलाग्दो रूपमा कोरोना दोस्रो लहर भएर फर्कियो । छिमेकी देश भारतभन्दा डरलाग्दो भएर नेपालमा कोरोना फैलिएको छ । अस्पतालमा बेड र अक्सिजनको चरम अभाव छ । सङ्क्रमित र परिवारको रुवाबासीले अस्पतालमा कोलाहल छ । असहाय स्वास्थ्यकर्मीको अनुहारमा चरम निराशा छ । कोरोनाबाहेक अरू खालका स्वास्थ्य समस्याले थला परियो भने पनि उपचार नै नपाइ ज्यान गुमाउनुपर्ने कहालीलाग्दो अवस्था आएको छ । कहिले र कसरी नियन्त्रण हुन्छ भन्ने अनुमान नै गर्न नसकिने गरी अहिले कोरोनाको ग्राफ दिनदिनै उकालो चढ्दैछ ।
जताततै कोरोनाले हायलकायल बनाएको अवस्थामा सरकार र दलहरू कुर्सीको लडाइँमा दत्तचित्त भएर लागेका छन् । देश महामारीका कारण असामान्य अवस्थामा छ तर महामारी छँदै छैन जसरी राजनीतिक खेलहरू पनि असामान्य छन् । नागरिकलाई सरकार चाहिने बेला केन्द्र र प्रदेशमा सरकार गिराउने र बनाउने रमिता चलेको छ । सरकार र जिम्मेवार दलहरूको ध्यान कोरोना नियन्त्रण र रोकथाममा भन्दा सत्ता राजनीतिमा केन्द्रित छ । गाउँको सिंहदरबारको रूपमा काम गरिरहेका पालिकाले आफ्नो बलबुतामा केही काम गर्न खोजे पनि पर्याप्त छैन । महामारीको बेला स्वतःस्फूर्त उठेका सहयोगी हातहरूमा होस्टे हैँसे गर्नेहरू नगण्य छन् ।
Read full story at source (Ujyaaloonline.com)