भारत भ्रमण पूरा गरी आज रास्वपा सभापति लामिछाने स्वदेश फर्किँदै, परराष्ट्रमन्त्री खनाल जाँदै
nepalviews.com · Fri Jun 05 02:39:17 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै छन् । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनको निमन्त्रणामा नयाँदिल्ली गएका लामिछाने आज फर्कन लागेका हुन्। लामिछाने स्वदेश फर्किएलगत्तै नेपालका परराष्ट्रमन्त्री आफ्ना भारतीय समकक्षी एस जयशङ्करको निमन्त्रणामा द्विपक्षीय भ्रमणका लागि भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
भारत बसाइका क्रममा रास्वपा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशङ्कर र गृहमन्त्री अमित शाह लगायतका उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन्। यसैगरी उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मानिने अमेरिकी अधिकारी सर्जियो गोरसँग पनि नयाँदिल्लीमै भेट गरी आपसी चासोका विषयमा संवाद गरेका छन्। भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य, प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी थिए।
Read full story at source (nepalviews.com)