गोरखामा भेटियो पुरानो मल्लकालीन मन्दिरको भग्नावशेष
annapurnapost.com · Sat Jul 04 05:27:41 GMT 2026

गोरखा : गोरखामा गोरखा दरबारभन्दा पुरानो (मल्लकालीन) मन्दिर फेला परेको छ। गोरखा नगरपालिका— १० छेपेटारमा पुरातत्व विभागले दुई वर्षअघि र यो वर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि भएको हो।
भग्नावशेषमा भेटिएका तथ्य र प्रमाणका आधारमा सो मन्दिर मल्लकालको अन्तिमतिरको भनेर पुष्टि भएको पुरातत्वविद् यमुना महर्जनले जानकारी दिइन्। इटाको आकार तथा बनोट, मन्दिरको छानेशैली, घेराबार र मन्दिरको गर्भगृह, पेटीढुंगा आदिका आधारमा मल्लकालीन मन्दिर हो भनेर किटान गरिएको महर्जनले जानकारी दिइन्।
Read full story at source (annapurnapost.com)