स्वास्थ्य मन्त्रीले सार्वजनिक गरिन् एक सय दिनको प्रगति विवरण
ratopati.com · Sat Jul 04 05:34:08 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आफ्नो कार्यभार सम्हालेको १०० दिनमा प्रगति विवरण सार्वजनिक गरेकी छिन् । स्वास्थ्य मन्त्री मेहताले आज शनिबार यस अवधिमा स्वास्थ्य सेवालाई प्रभावकारी, सुलभ र व्यवस्थित बनाउन विषय लगायतका उपलब्धिहरू हासिल गरेको विवरण सार्वजनिक गरिन् ।
मन्त्रालयले स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाउन ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएको छ, जसमा हालसम्म २१७ अस्पताल आबद्ध भई ३,२५५ निःशुल्क शय्या छुट्याइएका छन्। यसैगरी,बिरामीहरूको स्वास्थ्य अभिलेख एक अस्पतालबाट अर्को अस्पतालमा सुरक्षित रूपमा हेर्न र आदान–प्रदान गर्न सकिने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा ‘राष्ट्रिय एकीकृत स्वास्थ्य सूचना प्रणाली मापदण्ड’ स्वीकृत गरिएको छ।
Read full story at source (ratopati.com)