म्यानचेस्टर सिटी बराबरीमा रोकियो: २२ वर्षपछि आर्सनल बन्यो प्रिमियर लिग च्याम्पियन
nepalviews.com · Wed May 20 00:50:15 GMT 2026
काठमाडौं । म्यानचेस्टर सिटी र बर्नमाउथबीचको खेल १–१ गोलको बराबरीमा सकिएसँगै आर्सनल प्रिमियर लिग च्याम्पियन बनेको छ । मंगलबार राति भएको खेलमा सिटी बराबरीमा रोकिएपछि लिगको एक चरण बाँकी छँदै आर्सनलले शीर्ष स्थानमा ४ अंकको स्पष्ट अग्रता बनाउँदै उपाधि निश्चित गरेको हो । यससँगै आर्सनलको २२ वर्ष लामो उपाधि प्रतिक्षा समाप्त भएको छ भने उसले सन् २००४ पछि पहिलो पटक यो ऐतिहासिक सफलता हात पारेको छ ।
उपाधि होडमा कायम रहन म्यानचेस्टर सिटीलाई आफ्ना बाँकी दुवै खेल जित्नैपर्ने दबाब थियो । बर्नमाउथको मैदानमा भएको खेलको पहिलो हाफमा जुनियर क्रुपीले गोल गर्दै बर्नमाउथलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा सिटीका एर्लिङ हालान्डले गोल गर्दै खेललाई १–१ को बराबरीमा त ल्याए, तर टोलीलाई जित दिलाउन त्यो पर्याप्त भएन र पेप ग्वार्डिओलाको टोलीको उपाधि यात्रा समाप्त भयो ।
Read full story at source (nepalviews.com)