उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
ratopati.com · Fri Sep 04 19:27:39 GMT 2026

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय भएका छन् । उनीहरूलाई नेपाल आयल निगमले उपत्यका बाहिर ‘बोटलिङ’ गरी सिलिन्डर ल्याउन अनुमति दिएपछि सोहीअनुसार उद्योगीहरू लागेका हुन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द, निवर्तमान अध्यक्ष शिव घिमिरे, पूर्वअध्यक्ष गोकुल भण्डारी, सदस्य विमल कालाखेतीलगायतले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी ढुवानीलाई सहज बनाउन लागेका हुन् । सङ्घका पूर्वअध्यक्ष भण्डारीका अनुसार सङ्घीय राजधानी बाहिरका उद्योगमा खाली सिलिन्डर कम छ । सङ्घीय राजधानीमा खालि भएका सिलिण्डरलाई ट्रकमा राखेर उद्योगसम्म ल्याउनु पर्ने हुन्छ । तीनै ट्रकमार्फत भरेका सिलिन्डर उपत्यका लैजानुपर्ने हुन्छ ।
Read full story at source (ratopati.com)