विप्लव नेतृत्वको माओवादीका ५ केन्द्रीयसहित ३३ जनाले छाडे पार्टी
canadanepal.com · Fri Jun 26 12:33:55 GMT 2026
काठमाडौँ - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा रुपन्देहीबाट प्रतिनिधित्व गरेका पाँच केन्द्रीय सदस्यसहित ३३ जना नेता–कार्यकर्ताले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका छन् । शुक्रबार जारी संयुक्त घोषणापत्रमार्फत उनीहरूले पार्टी तथा पार्टीले दिएको सम्पूर्ण जिम्मेवारी परित्याग गरेको जनाएका हुन्।
केन्द्रीय सदस्यहरू शरद ओली, जय पौडेल, विष्णु तिवारी, शंकर ज्ञवाली र मदन थारू रहेका छन् । त्यसै गरी जिल्ला सचिवालय सदस्य, जिल्ला सदस्य तथा पालिका तहका विभिन्न पदाधिकारीसहित ३३ जनाले संयुक्त रूपमा घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।
Read full story at source (canadanepal.com)