इतिहास दोहोर्याउँदै फेरि तीन उपाधिको लक्ष्यमा बायर्न
kendrabindu.com · Fri Aug 28 01:58:23 GMT 2026
म्युनिक । बायर्न म्युनिक जर्मनीको नयाँ सिजन त्यहींबाट सुरु गर्न चाहन्छ, जहाँ टोलीले अघिल्लो सिजन छाडेको थियो। त्यो भनेको भयो, तीन उपाधिको उपलब्धि अर्थात ‘ट्रेबल’ जित्ने लक्ष्य। गत सिजन बायर्नले घरेलु प्रतिद्वन्द्वीहरूलाई धेरै पछाडि छाडेर लगभग सबथोक जितेको थियो।
अहिले त्यस्तै स्तर अन्तरको प्रदर्शन दोहोर्याउन चाहन्छ। जर्मन बुन्डेसलिगाको नयाँ सिजन शुक्रबार सुरु हुँदै छ। पहिलो खेलमा बायर्नले जर्मन कप उपविजेता स्टुटगार्टको सामना गर्दै छ। पछिल्लो सिजन बायर्नले कप डबल गरेको थियो। लिगमा बुन्डेसलिगा इतिहासकै चौथो बढी अंक बटुल्न सफल रहेको थियो।
Read full story at source (kendrabindu.com)