बिहीबार सुनको भाउ सामान्य घट्दा चाँदीको मूल्य भने स्थिर
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : सुनको मूल्य बिहीबार तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ९ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बुधबार छापावाल सुन १ लाख ९ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार २०० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको भाउ भने स्थिर रहेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको छ ।
Read full story at source (nepalipaisa.com)