बाढीले रसुवामा ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त, छिट्टै खुलाउने तयारी
corporatenepal.com · Fri Aug 28 01:57:03 GMT 2026

काठमाडौं । बाढीपहिरोका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक बाढीले पूर्णरूपमा क्षति पुर्याएको छ । यस्तै गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक पनि अवरुद्ध भएको छ ।
पृथ्वीराजमार्गको करिब १३ किलोमिटर खण्ड लेदोले पुरिएको मन्त्रालयले जनाएको छ । सडकमा थुप्रिएको लेदो हटाएर यातायात सञ्चालनमा ल्याउने कामलाई प्राथमिकतामा राखिएको छ । बाढीबाट ४१ वटा पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । तत्काल सडक सम्पर्क पुनःस्थापित गर्न सरकारले आफूसँग रहेका ५० मिटरसम्म लम्बाइका सातवटा बेलिब्रिजमध्ये आवश्यकता र सम्भाव्यता हेरी विभिन्न स्थानमा जडान गर्ने प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ ।
Read full story at source (corporatenepal.com)