कमल पुलको बारेमा कवि सम्मेलन
himalpress.com · Sat Jul 04 07:24:00 GMT 2026

काठमाडौँ – राणाकालदेखि नै निर्माणाधीन अवस्थामा रहेको तराई–मधेसको मेरुदण्ड हुलाकी सडक र त्यसमा पर्ने पुलहरूको जीर्ण अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउन सिराहामा राष्ट्रिय बहुभाषिक कवि सम्मेलनको आयोजना गरिने भएको छ ।
हुलाकी सडक सङ्घर्ष समितिको अगुवाइमा आगामी साउन २ गते शनिबार सिरहाको बरियारपट्टीस्थित श्री जनता माध्यमिक विद्यालयमा सो सम्मेलन हुन लागेको हो । विगत १० वर्षदेखि सिराहावासीले धनुषा–सिराहा जोड्ने कमला नदीमा पुल निर्माणका लागि शान्तिपूर्ण जुलुस, सडक जाम, घेराउ, विज्ञप्ति र आमरण अनसनसम्मका सङ्घर्षका कार्यक्रमहरू गर्दै आएका छन् । तर त्यो पुल अझै निर्माण हुन सकेको छैन ।
Read full story at source (himalpress.com)