युरोपका जेलभित्र कैदीको चाप तीव्र रूपमा बढ्दै
nagariknews.nagariknetwork.com · Wed May 20 01:58:54 GMT 2026

युरोपका विभिन्न देशहरूमा जेलभित्र कैदीको चाप तीव्र रूपमा बढ्दै गएको नयाँ प्रतिवेदनले देखाएको छ। युरोपस्थित मानवअधिकारसम्बन्धी क्षेत्रीय निकायका लागि स्विट्जरल्यान्डको एक विश्वविद्यालयले तयार गरेको प्रतिवेदनअनुसार फ्रान्स र टर्की युरोपमा सबैभन्दा बढी जेल भीडभाड भएका देश बनेका छन्।
प्रतिवेदनले सन् २०२५ को सुरुआती अवस्थालाई आधार मानेर तथ्यांक सार्वजनिक गरेको हो। त्यसअनुसार फ्रान्स र टर्कीका जेलहरूमा प्रत्येक १०० कैदी अट्ने स्थानमा १३१ जना कैदी रहेका छन्। यसले ती देशका जेलहरू क्षमता भन्दा निकै बढी दबाबमा सञ्चालन भइरहेको संकेत गर्छ।
Read full story at source (nagariknews.nagariknetwork.com)