अनलाइन सवारीको सुविधासँगै बढ्दो विभेद
baahrakhari.com · Sat Jul 04 07:43:00 GMT 2026
काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरहरूमा एपमा आधारित अनलाइन सवारी सेवाले यात्रुलाई सहज भएको छ । केही मिनेटमै सवारी उपलब्ध हुने, भाडाको अनुमान पहिल्यै हुने, नगदबिनै भुक्तानी गर्न सकिने र यात्राको अभिलेख रहने भएकाले यस्ता सेवाप्रति नागरिकको आकर्षण पनि बढ्दै गएको देखिन्छ । प्रतिस्पर्धाले सेवाको गुणस्तरमा पनि केही सुधार ल्याएको अनुभव सुनिन्छ ।
अनलाइन सवारी सुविधाको अर्को पाटो भने कमै चर्चामा आउने गरेको छ । स्मार्टफोन चलाउन नजान्ने, एप डाउनलोड गर्न नसक्ने वा डिजिटल भुक्तानी प्रयोग गर्न नजान्ने नागरिकका लागि सवारी सेवा झन् महँगो र असहज बन्दै गएको छ । विशेषगरी ज्येष्ठ नागरिक, बिरामी, एक्लै अस्पताल आउनेजाने व्यक्ति तथा डिजिटल प्रविधिसँग अपरिचित यात्रु यसको प्रत्यक्ष मारमा परिरहेका छन् ।
Read full story at source (baahrakhari.com)