भोटेकोशी बाढी: ताप्लेजुङका तीन जना सम्पर्कमा, दुई अझै बेपत्ता
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

ताप्लेजुङ । त्रिशूली र भोटेकोशीसहितका नदीहरूमा आएको भीषण बाढीका कारण सम्पर्कविहीन भएका ताप्लेजुङका पाँच जनामध्ये तीन जना परिवारको सम्पर्कमा आएका छन् भने बाँकी दुई जना अझै बेपत्ता रहेका छन्।
रसुवास्थित जलविद्युत आयोजनामा कार्यरत आठराई त्रिवेणी गाउँपालिका–१, निघुरादिनका पासाङतेञ्जी शेर्पा, ङिमासाङ्गे शेर्पा र पासाङ शेर्पा शुक्रबार बिहान ३ बजे परिवारको सम्पर्कमा आएका हुन्। उनीहरू पूर्ण रूपमा सकुशल सम्पर्कमा आइसकेको आठराई त्रिवेणी गाउँ कार्यपालिका सदस्य शान्ता गुरुङले जानकारी दिएकी छिन्।
Read full story at source (hamrakura.com)