चन्द्रयान-३ को सफलतापूर्वक अवतरणप्रति भारतलाई नेपाली नेताहरुको बधाई
ekantipur.com · Wed Aug 23 17:06:40 GMT 2023
काठमाडौँ — नेपाली नेताहरुले 'चन्द्रयान-३' लाई चन्द्रमाको सतहमा अवतरण गर्न सफल भएकोमा भारतलाई बधाई दिएका छन् । भारतले गत असार २९ गते प्रक्षेपण गरेको 'चन्द्रयान-३' बुधबार साँझ चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अतवरण गरेको हो । प्रधानमन्त्र पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितका नेताहरुले भारत र भारतीय वैज्ञानिकहरुलाई बधाई दिएका छन् ।
'मित्रराष्ट्र भारतले चन्द्रयान–३ नामक यान चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको खबरले प्रफुल्लित छु । मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ, संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको छ,' प्रधानमन्त्री दाहालले फेसबुकमा लेखेका छन्,'यस ऐतिहासिक कार्यका निम्ति समकक्षी महामहिम नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताको तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्दछु ।'
Read full story at source (ekantipur.com)