एयरफोर्सको जहाजमार्फत सात खेपमा भारतले के-के ल्यायो राहत?
barnanmedia.com · Fri Sep 04 21:25:00 GMT 2026

भोटेकोशीमा आएको बाढीपछि भारतले नेपाललाई निरन्तर राहत तथा उद्धार सामग्री उपलब्ध गराइरहेको छ। भारतीय वायुसेनाका सातवटा विमानमार्फत हालसम्म करिब ९५.५ टन राहत सामग्री नेपाल ल्याइएको हो।
भारतीय पक्षका अनुसार बाढी प्रभावितका लागि अस्थायी आश्रयस्थल, कम्बल, सरसफाइ किट, सोलार बत्ती, टेन्ट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट, पानी तान्ने पम्प, भान्साका सामग्री, जेनेरेटर, औषधि, पानी शुद्ध गर्ने ट्याब्लेट तथा खाद्यान्नलगायतका सामग्री ल्याइएको छ। यसबाहेक खोज तथा उद्धारका लागि थप ६ टन विशेष उपकरणसमेत ल्याइएको छ।
Read full story at source (barnanmedia.com)