फेवातालमा अलपत्र परेकी युवतीको उद्धार
himalpress.com · Sat Jul 04 08:19:42 GMT 2026

पोखरा- पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा हावाहुरीका कारण तालको बिचमा अलपत्र परेकी एक युवतीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। काठमाडौँको नारायणटार स्थायी घर भई पोखरा घुम्न आएकी २३ वर्षीया रितिका फुयालको शनिबार उद्धार गरिएको हो ।
फुयालले फेवातालमा कायकिङ गरिरहेको बेला अचानक तीव्र हावाहुरी चलेको थियो । सोही कारण उनी तालको बिच भागमा अड्किएर अलपत्र परेकी थिइन्।
Read full story at source (himalpress.com)