२२ वर्षपछि प्रिमियर लिग च्याम्पियन बनेको आर्सनलको यात्रा
kendrabindu.com · Wed May 20 03:27:40 GMT 2026
काठमाडाैं । २२ वर्षको लामो प्रतीक्षापछि अन्ततः लण्डन क्लब आर्सनलले प्रिमियर लिगको उपाधि जित्दै इंग्लिस फुटबलमा नयाँ इतिहास रचेको छ। सन् २००३/०४ मा प्याट्रिक भिएराको कप्तानीमा अपराजित रहँदै अन्तिम पटक लिग जितेको आर्सनलले यसपटक २०२५/२६ सिजनको उपाधि सुरक्षित गर्दै समर्थकलाई ऐतिहासिक खुसी दिएको हो।
मंगलबार राति म्यानचेस्टर सिटी र बोर्नमाउथ बीचको खेल १–१ को बराबरीमा सकिएपछि आर्सनल औपचारिक रूपमा च्याम्पियन बनेको हो। उक्त नतिजासँगै सिटी अन्तिम खेलअघि शीर्ष स्थानको आर्सनललाई उछिन्न असमर्थ बन्यो।
Read full story at source (kendrabindu.com)