लागुऔषधसहित चार जना पक्राउ
gorkhapatraonline.com · Wed May 20 03:32:17 GMT 2026

भीरकोट नगरपालिकामा लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित प्रतिबन्धित वभिन्न लागुऔषध, नगद र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनापछि प्रहरीले सञ्चालन गरेको विशेष अप्रेसनमा वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट खटिएको संयुक्त टोलीले भीरकोट नगरपालिका–२ मा गरेको खोजतलासमा चार जनालाई पक्राउ गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)