एमाले चोलेन्द्रलाई चोख्याउने खेलमा लाग्यो : बिडारी
kathmandupress.com · Sun Sep 18 08:00:00 GMT 2022
काठमाडौं, असोज २ : वरिष्ठ अधिवक्ता बिडारीले रामनारायण बिडारीले एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जोगाउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
राष्ट्रियसभाका पूर्वसदस्यसमेत रहेका बिडारीले सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा महाभियोग सिफारिस समितिमा फरक मत आउनु राम्रो नभएको उल्लेख गर्दै एमालेले जबरालाई जोगाउन लागेको बताएका हुन्।
‘समितिमा फरक मत आउनु राम्रो कुरा होइन। एमाले नाम गरेको पार्टीले चोलेन्द्रजस्तो भ्रष्टाचारीको पक्षलाई जोगाउन आलेटाले कुरा गरेर प्रक्रिया पुगेको छैन, हेर्न बाँकी छ भन्दै जालसाजी र षड्यन्त्रपूर्वक कुरा गरेर हिँड्नु गलत हो,’ उनले भने। जहाँ पनि बहुमतको निर्णय लागु हुने उल्लेख गर्दै उनले भने, ‘यो आफ्नो वर्चस्व नभएपछि चोलेन्द्रलाई चोख्याउन एमालेले खेलेको षड्यन्त्र हो।’
उनले जबराविरुद्धको महाअभियोग प्रस्ताव नयाँ प्रतिनिधिसभाले हेर्ने पनि बताए। संसद जीवित रहेकाले प्रधानन्यायाधीश जबरा अदालतमा आउन नपाउने पनि स्पष्ट पारे।
‘महाअभियोग राष्ट्रिय सभामा जाँदैन । त्यो अब आउने प्रतिनिधि सभाले हेर्छ । आवश्यक पर्यो भने अहिले पनि संसद भंग भएको छैन, विघटन भएको छैन । अहिले अधिवेशन अन्त्य मात्र भएको हो,’ उनले भने। महाभियोगको प्रक्रिया ढिलो भयो भनेर भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुनेमा उनले जोड दिए।
Read full story at source (kathmandupress.com)