इलामका विद्यालयको जमिन झापामा अतिक्रमण
gorkhapatraonline.com · Wed May 20 03:49:48 GMT 2026

पशुपतिनगर (इलाम), जेठ ६ गते । इलाम जिल्लामा सञ्चालनमा रहेका विभिन्न सामुदायिक विद्यालयको नाममा झापामा रहेको जमिन कब्जामा परेको पाइएको छ । इलामको आदर्श माध्यमिक विद्यालयको नाममा जग्गा धनीपुर्जा कायम रहेको ११ बिघा र शान्तिपुर माध्यमिक विद्यालयको दुई बिघा जमिन झापाको अर्जुनधारा नगरपालिकामा बिचौलिया र स्थानीयको कब्जामा परेको पाइएको हो । आदर्श माविको अर्जुनधारा नगरपालिका–६ मा रहेको ११ बिघा, १० धुर जमिन बर्सौंदेखि बिचौलिया र स्थानीयको कब्जामा रहेको पाइएपछि विद्यालयले जमिन फिर्ता ल्याउन जिल्ला प्रशासन कार्यालय इलाम र इलाम नगरपालिकामा निवेदन दिएको छ ।
विद्यालयको जमिनमा बर्सौंदेखि कब्जा गरेर बसेका स्थानीयले विद्यालय प्रशासन आफ्नो जमिनबारे बुझ्न जाँदा हतियारसहित लखेट्ने गरेको पाइएको छ । स्थानीय विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका डम्बर यादवले विद्यालयको जमिन अतिव्रmमण गरी घरायसी कागजका आधारमा बिक्री गरी १२ घरपरिवारलाई विद्यालयको जमिनमा घरलगायतका संरचना निर्माण गराउनुभएको पाइएको छ । अहिले विद्यालयका जमिनमा दर्जनौँ पक्की घर र सडकलगायतका संरचना निर्माण गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)