धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु
ratopati.com · Fri Sep 04 23:48:23 GMT 2026

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा पहिलोपटक रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ । लामो समयदेखि रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्ने प्रयास हुँदै आए पनि आवश्यक मापदण्ड पूरा गर्न नसक्दा रोकिएको सेवा अहिले भवन, जनशक्ति र उपकरणको व्यवस्थापनसहित औपचारिक रूपमा सुरु गरिएको हो ।
कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले शुक्रबार आयोजित कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्रेको उद्घाटन गरे । सेवा केन्द्र सञ्चालनमा आएसँगै धनकुटासहित आसपासका जिल्लाका बिरामीले आकस्मिक अवस्थामा रगतका लागि सुनसरी, मोरङलगायतका जिल्लामा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ । मन्त्री पराजुलीले रक्तसञ्चार सेवा केन्द्रलाई निरन्तर, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । अस्पताल र रक्तसञ्चार केन्द्रबिच अत्यन्त महत्त्वपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै उनले ऐतिहासिक धनकुटा जिल्ला अस्पतालको सेवा विस्तारका दृष्टिले रक्तसञ्चार केन्द्र सञ्चालन हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए ।
Read full story at source (ratopati.com)